२०७७, २३ पुष बिहीवार ११:०८

घट्यो सुनको मूल्य, कति छ बजारभाउ ?


प्रकाशित मिति : २०७७, २३ पुष बिहीवार ११:०८

काठमाडौं । नेपाली बजारमा (बिहीवार) आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ ।

आज प्रतितोला छपावाला सुनको मूल्य तोलामा १३ सयले कमि भइ प्रतितोला ९५ हजार ४ सय कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधवार प्रतितोला सुनको मूल्य ९६ हजार ७ सय रहेको थियो ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९४ हजार ९ सय रहेको छ ।

महासंघका अनुसार आज चाँदीको प्रतितोला मूल्य १० रुपैयाँले कमि आएको छ । बुधवार चाँदीको मूल्य १ हजार ३ सय ४० रहेकोमा आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १ हजार ३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस