लज्जास्पद हारसँगै एट्लेटिको मड्रिड ‘कोपा डेल रे’ बाट बाहिरियो

काठमाडौं । लज्जास्पद हारसँगै ला लिगाको लिडर एट्लेटिको मड्रिड ‘कोपा डेल रे’ फुटबलबाट बाहिरिएको छ । बुधवार राति भएको दोस्रो चरणको खेलमा तेस्रो डिभिजन क्लब यूडी कोर्नेलासँग १-० ले पराजित हुँदै एट्लेटिको ‘कोपा डेल रे’ बाट बाहिरिएको हो ।

घरेलु मैदानमा कोर्नेलालाई जित दिलाउन एड्रिन जेमिनेजले निर्णयक गोल गरे । खेलको सातौं मिनेटमा जेमिनेजले गोल गरेका थिए । यस्तै खेलको दोस्रो हाफमा एट्लेटिको मड्रिड १० खेलाडीमा सिमित भएको थियो ।

खेलको ६३ औं मिनेट एट्लेटिकोका रिचार्ड सान्चेजले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएका थिए । यससँगै एट्लेटिको लगातार दोस्रो सिजन तेस्रो डिभिजन क्लबसँग पराजित भएको छ ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?