राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यतालिका

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बिहिवार बस्दै छ । पुस १७ गतेबाट शुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज पुनः बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गर्ने र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्ने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?