७ चैत्र २०७९, मंगलवार

एमालेले तोक्यो उमेद्वार सिफारिसको लागी कार्यतालिका

२०७४,आश्विन,१६,सोमवार १२:३८

0
Shares

काठमाडौ, १६ असोज । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा ९एमाले० का सबै निर्वाचन क्षेत्रीय कमिटीले नाम सिफारिस प्रक्रिया शुरु गरेका छन् । पहिलोपटक आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यही असोज १६ र १७ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक गरी जिल्ला कमिटीमा नाम सिफारिस गर्ने एमालेको कार्यतालिका छ ।यही असोज १० मा बसेको स्थायी कमिटीको बैठकले १९ र २० मा जिल्ला कमिटीको बैठक बसी प्रदेश कमिटीमा ती नाम पठाउन र प्रदेश कमिटीले असोज २२ र २३ गते बैठक गरी २३ गतेभित्र पार्टी कार्यालयमा नाम दिन एमाललेले निर्देश गरेको थियो । ती नामबारे अन्तिम टुंगो लगाउन असोज २६ र २७ गते स्थायी कमिटीको बैठकले टुंगो लगाउने जनाइएको छ ।स्थायी कमिटीको यही असोज १५ गतेको बैठकले अन्य वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिसँग तालमेलसमेत गर्ने निर्णय भएकाले त्यसबारे अन्य दलको प्रतिक्रिया आउन बाँकी रहेको स्थायी कमिटीका सदस्य शंकर पोखरेलले बताउनुभयो । चुनावी तालमेलबारे छलफल गर्न नेकपा ९माओवादी केन्द्र० ले आज पदाधिकारी बैठक बोलाएको छ ।एमाले प्रदेश नं ३ का प्रचार विभाग प्रमुख एवं उपत्यका इञ्चार्ज सानुकुमार श्रेष्ठले प्रतिनिधि सभा र प्रदेश सभाका लागि पार्टीको नयाँ संरचनाअनुसार गठित क्षेत्रीय कमिटीले औपचारिक बैठक गरी जिल्लामा नाम पठाउन प्रक्रिया शुरु भएको बताउनुभयो । उहाँले तालमेलका विषयमा केन्द्रबाट निर्णय हुने भएकाले हाल क्षेत्र र जिल्लाबाट आवश्यक संख्यामा सबै नाम सिफारिस हुने जानकारी दिनुभयो ।पार्टीले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई यो वर्ष अन्य निर्वाचनमा उम्मेदवार नबनाउने नीति दिएको छ तर विशेष स्थितिमा महिलाको हकमा केही उम्मेदवार दोहोरिन सक्नेछ । उम्मेदवार चयन गर्दा पार्टीप्रति प्रतिबद्ध, निष्ठावान, भ्रष्टाचार र नैतिक पतनमा संलग्न नभएको, जनताको मन जित्न सक्ने, लोकप्रिय, संसदीय दृष्टिकोणमा रुचि र ज्ञान भएको, समावेशीता तथा भौगोलिक सन्तुलनलाई ध्यान दिनेलगायतका मापदण्ड तय गरिएको छ । एमालेले यही असोज २९ गते संघ र प्रदेशको समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेश गर्ने जनाएको छ । रासस

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार १२:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सामेल हुनेबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । आज बसेको ५४औँ सचिवालय बैठकमा अध्यक्ष

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

काठमाडौं । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार

ताजा समाचार

तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६