प्रदेश १ मा कोरोनाले मृत्यु हुनेको संख्या ४६२ पुग्यो

RSS
0
Shares

प्रदेश नं १ मा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१० जना रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ३९१ जना होमआइसोलेसनमा, नोबेल मेडिकल कलेजमा सात, विराट मेडिकल कलेजमा चार, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा तीन/तीन, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई जना उपचारमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रवीन्द्र निरौलाका अनुसार अस्पतालमा उपचारर्थमध्ये पाँच जना आइसियु र १४ जना सामान्य श्ययामा छन् । आजसम्म २९ हजार ९२८ सङ्क्रमितमध्ये २९ हजार ५६ डिस्चार्ज भएका छन् ।

सङ्क्रमण देखिएकामध्येबाट अहिलेसम्ममा ४६२ को मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट २०६, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट चार, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुई, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजबाट एक/एक जना डिस्चार्ज भएका हुन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १५ जना नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामा मोरङमा १० जनामध्ये विराटनगरमा सात, धनकुटाको धनकुटा नगरपालिकामा तीन र झापामा दुई जना छन् । हालसम्ममा प्रदेशमा दुई लाख १० हजार ७२५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?