प्रधानमन्त्री ओलीले राजा महेन्द्र र ज्ञानेन्द्रले जस्तै ‘कू’ गरे- बाबुराम भट्टराई (भिडियो)

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भन्दा माथिबाट समग्र व्यवस्थालाई नै कू गरेको बताएका छन् ।

नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको अन्तर पार्टी अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संवैधानिक कू नभई संविधान र व्यवस्था माथिको कू गरेको बताएका हुन् । प्रधानमन्त्री ओलीले गरेको कू २०१७ सालमा राजा महेन्द्र र २०६०/६१मा राजा ज्ञानेन्द्रले गरेको कू जस्तै भएको बताए ।

प्रधानमन्त्रीले संसद विघटन गर्ने कदम संवैधानिक हो वा होइन भन्ने विषयमा बहस गर्न र भ्रममा पर्न नहुने पनि भट्टराईले बताए । कुनैपनि व्यक्तिले लहडमा प्रतिनिधि सभा विघटन गर्नै नसक्ने समेत बताए । अन्तर्राष्ट्रिय परम्परामा संसद विघटन गर्ने अभ्यास छ भन्दै नेपालको संसद विघटन गर्न नपाइने समेत बताए । प्रधानमन्त्रीले कुनैपनि बेला संसद विघटन गर्न सक्ने कुरालाई विचार गरेर संविधानमा नै प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने व्यवस्थालाई हटाइएको बताउनुभयो । अहिलेको अवस्थामा कुनैपनि तरिकाबाट संसद विघटन हुनै नसक्ने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले दुई तिहाई बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । अहिलेको अस्थिरतालाई कायम राख्दै निर्वाचन पनि नहुने, संविधान पनि भंग हुने भयो भने देशमा राष्ट्रिय स्वाधिनतामाथि खतरा आउन सक्ने बताए ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?