भारतद्वारा नेपाललाई ३० करोड ६० लाख सहयोग

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई आज (बुधवार) ३० करोड ६० लाख नेपाली रुपैयाँ सहयोग गरेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासकी मिसन उप प्रमुख नामग्या खम्पाले भूकम्पबाट प्रभावित विद्यालयहरूको पुनर्निर्माणको लागि ३० करोड ६० लाख नेपाली रुपैयाँ राष्ट्रिय भूकम्प पुनर्निर्माण प्राधिकरणका सीईओलाई हस्तान्तरण गरेकी हुन् ।

उनले भारतले नेपालका ८ वटा जिल्लाहरूका ७१ शैक्षिक संस्थाको पुनर्निर्माणका लागि ५० मिलियन अमेरिकी डलरको प्रतिवद्धता अनुसार यो रकम प्रदान गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?