नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५६ हजार नाघ्यो, कति भयो परीक्षण ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ९५ कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८९९ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ ।

अहिलेसम्म नेपालमा १९ लाख ६४ हजार १६० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३४२ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?