सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा गरेका छन् ।

संसद विघटनपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । केपी शर्मा ओली र प्रचण्ड(नेपाल समूहमा विभाजित दुवै समूहले फरक फरक कार्यक्रमहरु गरिरहेका छन् । त्यसको प्रत्यक्ष असर प्रदेशमा देखिएको छ । यसैक्रममा प्रदेश नं १ र बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मन्त्री बोहोरोले पार्टी दुई भागमा भएकोप्रति आपत्ती जनाउँदै राजीनामा दिएको जनाइएको छ ।

उनले बुधवार आफूनिकटका ६ सांसदलाई साथमा राखेर पत्रकार सम्मलेन गरी राजीनामा दिएको उनीनिक स्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?