पाँचौं निर्यात दिवस : नेपाली वस्तुको निर्यात प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड

काठमाडौं । उद्योगी व्यवसायीहरुले नेपाली वस्तुको निर्यात प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका छन् । पाँचौं निर्यात दिवसको अवसरमा नेपाल निर्यात पारिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले निर्यात जन्य वस्तुहरुको आन्तरिक बजारलाई सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय बजारको खोजी बढाउनुपर्ने बताएका हुन् ।

No description available.

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कुनैपनि वस्तुको बाह्य बजार खोज्नु भन्दा पहिला आन्तरिक बजारमा प्रवर्द्धन गरिनुपर्ने बताए । त्यसका लागि सबै नेपालीले नेपाली वस्तुको प्रयोग गर्ने बानि बसाल्न विभिन्न एक्सपो लगायतका प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोनाको कारणबाट धारासायी बनेको निर्यात क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सबै उद्योगी व्यवसायीहरुले एकैसाथ काम गर्नुपर्ने बताए । यस्तै महासंघको तर्फबाट निर्यात प्रवर्द्धनमा आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

No description available.

कार्यक्रममा निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले निर्यात व्यवसायमा आइपर्ने समस्याहरुलाई व्यवस्थित रुपबाट समाधान गरी निर्यात व्यवसायीको हित संरक्षण गर्न र व्यवसायिक क्षमता अभिवृद्धि गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । निर्यात व्यापार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड समेत रहेकाले यसको विस्तार र प्रवद्र्धनका लागि निर्यात परिषद्ले काम गर्दै आएको बताए ।

No description available.

नेपालबाट आर्थिक वर्ष २०७६-०७७ मा कुल निकासी ७७ अर्ब ७० करोड ९१ लख ५ हजार रुपैयाँ बराबरको भएको थियो । यस्तै आर्थिक वर्ष २०७७-०७८ को पाँच महिनासम्ममा नेपालको कुल निकासी ५० अर्ब ५५ करोड ६ लाख ८ हजार मूल्य बराबरको भएको छ । नेपालबाट निर्यात हुने मूख्य वस्तुहरुमा उनी, गलैचा, पस्मिना, चिया, जुटका उत्पादन, अदुवा, नेपाली कागज लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?