वीरताको स्मरण गर्दै विजय दौड आयोजना गरिँदै

RSS
0
Shares

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १ स्थित जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै नेपाली सेनाले बुटवलमा विजय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मध्यपश्चिम पृतना हेडक्वार्टर, बुटवलले आज (बुधवार) आयोजना गरेको पत्रकार भेटघाटमा महासेनानी मच्छिन्द्र थापाले अङ्ग्रेजहरु परास्त भएको गढी वीरतापूर्ण सैनिक इतिहास र स्वाभिमानी नेपालीको प्रतीक भएको बताउँदै राष्ट्रिय एकता दिवसका अवरमा सेनाले यही पुस २५ गते २१ किलोमिटर हाफ म्याराथुन र पाँच किलोमिटर वाकाथुनको आयोजना गर्ने जानकारी दिएका छन् ।

हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट शुरु भई योगीकुटी हुँदै ड्राइभर टोलबाट फिर्ता भएर लुम्विनी अस्पताल, पुरानो बसपार्क हुदै जीतगढीमा समाप्त हुने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई नगद पुरस्कार क्रमशः १५ हजार, १० हजार र रु पाँच हजारसहित पदक र प्रमाणपत्र दिइने छ ।

क्याम्पस अगाडिबाट शुरु हुने वाकाथुन ट्राफिक चोक, चौराहा, योगीकुटीबाट फिर्ता भएर लुम्विनी अस्पताल, पुरानो वसपार्क हुदै जीतगढीमा समाप्त हुनेछ । सो प्रतियोगितामा नेपाली सैनिकलगायत करीब सय खेलाडीको सहभागिता रहने छ । विभिन्न शोधकर्ता र इतिहासविद् र पर्यटनका लागि जीतगढी किल्ला महत्वपूर्ण मानिएको छ । नेपाल र अङ्ग्रेजबीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?