५० वर्षीया महिलाको सामूहिक बलात्कारपछि हत्या, आरोपी फरार

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित बदायूँमा मन्दिरमा पूजाअर्चना गर्न गएकी महिलाको रगतले लत्पतिएको शव फेला परेको छ । आफन्तले मन्दिरका महन्तमाथि नै बलात्कार र हत्याको आरोप लगाएका छन् ।

पुलिसले रेप र हत्याको केस दर्ता गरेको छ । अहिलेसम्म दुई जना आरोपीलाई पक्राउ गरेको छ । एक आरोपी भने अहिलेसम्म फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ ।

महिलाका छोराका अनुसार आईतवार ३ जनवरीको साँझ उनकी आमा गाउँको मन्दिरमा पूजा गर्न गएकी थिइन् । त्यसपछि राती ११ बजे मन्दिरका महन्तसहित २ जना आमाको शव ल्याएर राखे र छोडेर गए ।

मन्दिरका महन्तले भने साँझ पूजा गर्न गएको र फर्किंदा कुवामा लडेर परेको बताएका छन् ।

उनी चिच्याएको सुनेपछि त्यहाँ गएर उनलाई निकालेको र घरका मानिसको नम्बर नभएकोले घर लिएर गएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?