राजनीतिप्रति कलाकारहरुको आक्रोस, कसले के भने ? (भिडियो रिपोर्ट)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ताहरु दुई खेमामा विभाजित भएपछि देश पुनः अस्थिरतातर्फ धकेलिएको छ । यतिवेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ट नेता माधव नेपाल समूहले एकअर्कालाई आरोप प्रत्यारोप, छेडछाड र हिलो छ्यापाछ्याप गरिरहेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै जाडो मौसममा पनि नेपालको राजनीतिक माहोल एकाएक तातिएको हो । अहिले नेकपाको प्रचण्ड नेपाल समूहले चरणबद्धरुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ भने प्रधानमन्त्री ओली समूहले नेता कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यहरु आयोजना गरिरहेका छन् । उता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरु पनि आन्दोलनमा होमिएका छन् ।

‘पोलिटिक्स इज नथिङ बट एभ्रिथिङ’ भने झैँ तातिएको राजनैतिक रन्कोले यतिवेला सबै क्षेत्रलाई प्रभावित पारेको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ को संक्रमण नियन्त्रण नहुँदै देखिएको राजनैतिक संक्रमणले देशलाई पुनः अस्तव्यस्त बनाउने हो कि भन्ने त्रास जनमानसमा देखिएको छ ।

पछिल्लो राजनैतिक घटनाक्रमलाई कलाकर्मीहरुले पनि विभिन्न कोणबाट टिका टिप्पणी गरिरहेका छन् । कसले के भने त ? प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?