काठमाडौं । सुनसरीमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी
उपमहानगरपालिका-११ बस्ने ४० वर्षीय काशीराम चौधरीलाई मंगलवार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
काशीरामले ती महिलालाई सोमवार बेलुका जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिका-८ चिन्तन चौतारी नजिक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया