नेकपा विवादको चेपुवामा अनेरास्ववियू : एउटा समूहको आन्दोलन, अर्को समूहको आपत्ती !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको आन्तरिक विवादको असर विद्यार्थी संगठनहरुमा पनि देखिन थालेको छ ।

संसद विघटनविरुद्ध नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (नेरास्ववियू) का सहसंयोजक रंजित तामाङले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका छन् । तर त्यसको प्रतिवादस्वरुप अनेरास्ववियूका संयोजक ऐन महरले संगठनले कुनै पनि विरोधका कार्यक्रमको आयोजना नगरिएको र केही झुण्डले केन्द्रीय कार्यालयबाट लेटरप्याड र सामाग्रीहरु दुरुपयोग गरेको आरोप लगाएका छन् ।

स्थायीत्व र स्थिरताका लागि गत निर्वाचनमा नेकपालाई जनताले बहुमत दिएको तर अल्पमत र बहुमतको खेलले अहिलेको अवस्था आएको संयोजक महरले विज्ञप्ति मार्फत जनाएका छन् ।

त्यस्तै गत निर्वाचनमा व्यक्त जनादेश अनुरुप का मगर्न नपाएकाले ताजा जनादेश ल्याउन प्रधानमन्त्रीले बाध्यकारी भएर संसद विघटनको कदम चालेको संयोजक महरको जोड रहेको छ । त्यस्तै संसद विघटन गर्ने उक्त कदमलाई अग्रगामी र लोकतान्त्रिक रहेको समेत दाबी गरेका छन् । “गत निर्वाचनमा व्यक्त जनादेश अनुरुप का मगर्न नपाएपछि चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्रीले ताजा जनादेशमा जाने बाध्यात्मक कदम चालेको विदितै छ । लोकतन्त्रको मुल मर्म निर्वाचन नै भएकाले अनेरास्ववियू यो कदमलाई अग्रगामी, लोकतान्त्रिक रहेको ठहर गर्दछ । यसर्थ, अनेरास्ववियूको आयोजनामा कुनैपनि विरोधका कार्यक्रम नरहेकोले भ्रममा नपर्न सबैमा सूचित गर्दछौँ “ जारी विज्ञप्तिमा भनिएको छ ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?