नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

कोभिड-१९ संक्रमणका कारण उद्योग व्यवसाय,यातायात,पर्यटन लगायतका सम्पूर्ण क्षेत्र प्रभावित हुँदा आर्थिक वृद्धिदरमा धक्का लागेको विश्व बैंकले जनाएको छ ।

कोरोना महामारीका कारण पर्यटनमा आश्रित नेपाल, भुटान ,श्रीलंकाको तथा मालदिभ्स लगायतको अर्थतन्त्रमा ठूलो असर परेको भन्दै आर्थिक वृद्धिदरमा ह्रास आएको विश्व बैंकको विश्लेषण छ । तर यी मुलुकहरुको अर्थतन्त्रमा मध्यमखालको सुधार भने आउने विश्व बैंकको आँकलन छ ।

सन् २०२१ मा विश्वको अर्थतन्त्र ४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । कोरोना भाइरस विरुद्धको भ्याक्सिन निर्माण भइरहेको अवस्थामा यसको सकारात्मक प्रभाव विश्वको अर्थतन्त्रमा देखिन सक्ने विश्व बैंकले जनाएको छ ।

कोरोना महामारीका कारण विश्व बैंकले सन् त्यस्तै,२०२० मा दक्षिण एसियाको अर्थतन्त्र ६.७ प्रतिशतले खुम्चिएको आँकलन विश्व बैंकले गरेको छ । यस अवधीमा ४.३ प्रतिशतले घटेको विश्वको अर्थतन्त्र आगामी वर्षमा भने बढ्न सक्ने अनुमान गरिएको छ । कोरोना महामारीका कारण लाखौं मानिसहरु रोजगारी गुमाएर गरिबीतर्फ धकेलिएको तथा आर्थिक गतिविधिमा संकुचन आएको छ ।

त्यस्तै विश्वमा भ्याक्सिन आउन र सर्वसुलभ हुन धेरै समय लाग्यो भने विश्वको अर्थतन्त्र १.६ प्रतिशतमा मात्रै सीमित हुन सक्ने विश्व बैंकले आंकलन गरेको छ । कोरोना महामारीका कारण सन् २०२१ मा अमेरिकाको जीडीपी ३.५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । सन् २०२० मा अमेरिकाको जीडीपी ३.६ प्रतिशत घटेको थियो ।

त्यसैगरी, विश्व बैंकले सन् २०२१ मा युरोयिन क्षेत्रको जिडिपी ३.६ प्रतिशतले बढ्ने आँकलन गरेको छ । सन् २०२० मा यस क्षेत्रको जिडिपी ७.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, सन् २०२१ मा जापानको जिडिपी २.५ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेको छ । सन् २०२० मा जापानको जिडिपी ५.३ प्रतिशतले घटेको थियो ।

त्यसैगरी,२०२१ म चीनको जीडीपी ७.९ प्रतिशतले बढ्ने आँकलन विश्व बैंकको छ । जबकी २०२०मा चीनको जीडीपी २ प्रतिशतले घटेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?