‘ठुलो क्राईम गर्छु अनि आफु नि मर्छु’ भन्दै प्रहरी कन्ट्रोलमा फोन गर्ने नियन्त्रणमा

काठमाडौं । ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको अभियोगमा महालक्ष्मी नगरपालिका-४ कमल पोखरी बस्ने काभ्रे घर भएका ३८ वर्षीय राम कुमार श्रेष्ठलाई मंगलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

श्रेष्ठले प्रहरी कन्ट्रोलमा फोन गरी ‘राति सम्ममा ठुलो क्राईम गर्छु अनि आफु नि मर्छु’ भनि अनावश्यक हैरानी दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

श्रेष्ठ उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?