४१ देशमा पुग्यो कोरोनाको नयाँ प्रकार

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) अहिलेसम्म ४१ वटा देशमा पुगेको छ ।

मंगलवार साँझ डब्ल्यूएचओले यसको जानकारी दिएको हो ।

बेलायतमा पहिलोपटक देखिएको कोरोना भाइरसका नयाँ प्रकार पहिलेको कोरोना भन्दा ७० प्रतिशत धेरै चाँडो फैलिन्छ ।

त्यस्तै साउथ अफ्रिकामा पाइएको कोरोनाको अर्को स्ट्रेन भने हालसम्म ६ वटा देशमा फैलिएको छ ।

बेलायतमा पाइएको कोरोनाको नयाँ स्ट्रेन भने १४ डिसेम्बरमा पाइएको बेलायतले बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?