चीनसँग रिसायो डब्ल्यूएचओ : संगठन प्रमुख भन्छन्-‘चीनसँग निराश छु’

काठमाडौं । कोरोनाको उद्गमस्थलबारे जाँच गर्नका लागि चीन जाने एक्सपर्ट्सलाई अनुमति नदिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) चीनसँग रुष्ट बनेको छ ।

डब्ल्यूएचओका अनुसार इन्टरनेशनल साइन्टिफिक टीमका मेम्बर्स आ आफ्नो देशबाट वुहान गएका छन् । तर चिनियाँ अधिकारीले अहिलेसम्म उनीहरुलाई इन्ट्री नदिएको बताइएको छ ।

डब्ल्यूएचओका चीफ टेड्रोस अधनोम घेब्रेयेससले यस खबरले आफू निराश रहेको बताएका छन् ।

उनले सबै आफ्ना मेम्बर्ससँग सम्पर्कमा रहेको र यो मिशन आफ्नो टीमका लागि महत्वपूर्ण रहेको बताउँदै चीनको यो चालले आफू निराश भएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?