१४ माघ २०७८, शुक्रवार

म्याग्दीका राजनीतिक दलहरु संघ र प्रदेशको निर्वाचनको तयारीमा

२०७४,आश्विन,१६,सोमवार ०८:४८

9
Shares

 बाबियाचौर, म्याग्दी, १६ असोज ।म्याग्दीमा क्रियाशील राजनीतिक दलहरु आसन्न संघ र प्रदेशको निर्वाचनको तयारीमा जुटेका छन् ।विसं २०७४ वैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह निर्वाचन भएको म्याग्दीमा आगामी मंसिर १० गते पहिलो चरणमा संघ र प्रदेशको चुनाव हुँदैछ । एक नगरपालिका, पाँच गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा प्रदेशसभाका लागि दुई तथा संघका लागि एकवटा निर्वाचन क्षेत्र कायम भएको छ ।चुनावलाई लक्षित गरी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार सिफारिससँगै कार्यकर्ता भेटघाट, भेला, बैठक र संगठन परिचालनलाई तीव्रता दिएका छन् । नेपाली काँग्र्रेसले उम्मेदवार छनोटको विषयमा आन्तरिक छलफल तीव्र बनाएको जनाएको छ ।यसअघि एक चरणको बैठकमा उम्मेदवार छनोटको विषयले प्रवेश पाएको र मंगलबार बस्ने जिल्ला कार्यसमितिको बैठकले सम्भवतः उम्मेदवारको नाम सिफारिस गर्ने नेपाली काँग्रेस म्याग्दीका नेता अजयमिलन श्रेष्ठले बताए ।एमालेले प्रदेशसभाको दुईवटै निर्वाचन क्षेत्रमा संयोजक तोकेर स्थानीयस्तरमा कार्यकर्ता भेटघाट अभियान सञ्चालन गरेको छ । स्थानीय तहबाट आकांक्षीहरुको नाम संकलन गरी जिल्ला कमिटीको बैठकबाट प्रदेश र केन्द्रीय कमिटीलाई सिफारिस गरिने एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले बताए ।क्षेत्र नं २ को असोज २० गते दरवाङ र १ को २१ गते बेनीमा कार्यकर्ता भेला आयोजना गरेको एमालेले असोज २३ र २४ गते जिल्ला कमिटी बैठक बोलाएको छ ।माओवादी केन्द्रले प्रदेश र संघको चुनावका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरिसकेको छ ।संघको प्रत्यक्षतर्फ जिल्ला संयोजक तथा पूर्व सभासद् गोविन्द पौडेल, खुमनाथ सुवेदी र चन्द्रबहादुर घिमिरेलाई सिफारिस गरिएको नेता देवराज सुवेदीले जानकारी दिए । यसैगरी समानुपातिकतर्फ विश्व सेन मल्ल र यामन रोकाको नाम सिफारिस भएको छ । प्रदेशसभाको क्षेत्र नं १ को प्रत्यक्षतर्फ सुवास विक र हरि भण्डारी, २ मा पुनम खड्का, याम रोका र राजेन्द्र शेरचनलाई सिफारिस गरिएको छ ।प्रदेशको समानुपातिकतर्फ क्षेत्र नं १ मा इन्द्रबहादुर पुन, हेमा छन्त्याल र लालकुमारी पुन तथा क्षेत्र नं २ बाट टेकबहादुर विक र होमलाल पुनको नाम सिफारिस भएको छ । जिल्ला इञ्चार्ज मानबहादुर बुढाको नेतृत्वमा जिल्ला तथा क्षेत्र नं १ मा विनोद केसी र २ मा देवराज सुवेदीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ ।प्रदेशसभाको क्षेत्र नं १ मा बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा क्षेत्र नं २ मा मंगला, मालिका र धौलागिरि गाउँपालिका रहेका छन् ।स्थानीय तह निर्वाचनमा बेनी नगरपालिका, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस तथा मंगला र धौलागिरि गाउँपालिकाको अध्यक्षमा एमाले विजयी भएको थियो । स्थानीय तह निर्वाचनमा ७१ हजार मतदाता रहेकामा पछिल्लो समय चार हजार मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार ०८:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ
 २०७८,माघ,१४,शुक्रवार २०:०३
माघ मसान्तसम्म विद्यालय नखुल्ने
 २०७८,माघ,१४,शुक्रवार २०:०३
परीक्षणमध्ये ६० प्रतिशतमा सङ्क्रमण
 २०७८,माघ,१४,शुक्रवार १९:५७