म्यानचेस्टर सिटीका लेजेण्ड बेलको निधन

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका लेजेण्ड खेलाडी कोलिन बेलको निधन भएको छ । इंग्ल्यान्डका पूर्व मिडफिल्डर बेलको ७४ वर्षको उमेरमा निधन भएको हो ।

सिटीले केहि समयबाट अस्वस्थ्य रहेका बेलको निधन भएको पुस्टि गरेको छ । बेलले सिटीका लागि ५ सय १ खेलमा १ सय ५३ गोल गरेका थिए ।

बेलले सन् १९६६ देखि ७९ सम्म सिटीका लागि खेलेका थिए । इंग्ल्यान्डका लागि बेलले ४८ खेल खेलेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?