हराएका बज्यै-नातिनी भेटिए, आफन्तको जिम्मा लगाइयो

RSS
0
Shares

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ खल्लाका बयर टिप्न वन क्षेत्रमा गई हराएका बज्यै र नातिनीलाई सशस्त्र प्रहरीले खोजतलास गरी आफन्तको जिम्मा लगाएको छ ।

सोमवार गाउँ नजिकैको वन क्षेत्रमा बयर टिप्नका लागि गएका ६५ वर्षीया धना टमटा र उनकी नातिनी छ वर्षीया तारा टमटा हराएपछि आफन्तले खोजतलासका लागि सशस्त्र प्रहरीको खल्लास्थित बोर्डर आउटपोष्टलाई गुहारेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।

आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरीको टोलीले बज्यै र नातिनीलाई हिजो (मंगलवार) साँझ नेपाल–भारत सीमा नजिकको दशगजा क्षेत्रमा सकुशल फेला पारी आफन्तको जिम्मा लगाएको छ । यसैबीच सशस्त्र प्रहरीले लाझाडी गाउँपालिका–६ चानदेउबाट हिजो (मंगलवार) एक लाख ७० हजार मूल्य बराबरको २० क्यूविक फुट सिसौको काठ, माछा र यमाहा मोटरसाइल बरामद गरेको छ । बरामद गरेको काठ सिद्धनाथ सबडिभिजन वन कार्यालयमा र अन्य सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?