बलिउड ड्रग्स केस : अभिनेता अर्जुन रामपालकी बहिनीलाई एनसीबीको नोटिस

काठमाडौं । बलिउड ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आज अभिनेता अर्जुन रामपालकी बहिनी कोमललाई सोधपुछ गर्न भन्दै नोटिस पठाएको छ ।

एनसीबीले यो भन्दा पहिला अभिनेता अर्जुन रामपालसँग दुई पटक र उनकी प्रेमीका ग्याब्रिएला डेमोट्रियड्ससँग दुई पटक सोधपुछ गरिसकेको छ । केहि दिन पहिला मात्रै ग्याब्रिएलाका भाइगिसियालोसलाई पक्राउ गरेको थियो । तर उनी जमानतमा रिहा भएका थिए ।

एनसीबीले रामपालको घरमा ९ नोभेम्बरमा छापा मारेको थियो ।

त्यसपछि ११ र १२ नोभेम्बरमा प्रेमीका ग्याब्रिएला डेमेट्रियड्ससँग सोधपुछ गरेको थियो । उनकी बहिनी कोमललाई बिहान ११ बजे मुम्बईस्थित एनसीबी अफिसमा उपस्थित हुन आदेश दिएको हो ।

केहि दिन पहिला अभिनेताको घरमा प्रतिबन्धित औषधि पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?