९ ग्रहका ९ सुगन्धबाट पाइन्छन् यस्ता चमत्कारी लाभ

काठमाडौं । सुगन्धको महत्व हाम्रो जीवन तथा वातावरण अत्याधिक नै हुने गर्दछ । सुगन्धले मानसिक शान्ती पाइन्छ ।

केहि रोगहरु त सुगन्धका कारण आफै निको हुन्छन् । यसै प्रकारले कुनै पनि ग्रहमा भएको नराम्रो असरलाई सुगन्धले हटाउन सकिन्छ ।

१. सूर्य ग्रह

यदि तपाईको कुण्डलीमा सूर्यको नराम्रो प्रभाव छ भने त्यसलाई हटाउनको लागि तपाईले गुलावको सुगन्धको प्रयोग गर्नुपर्दछ ।

२. चन्द्र ग्रह

चन्द्रमाले तपाईको कुण्डलीमा नराम्रो असर गरेको छ भने चमेलीको फूल प्रयोग गर्नुपर्दछ । जसले त्यसको नराम्रो असरलाई हटाउँदछ ।

३. मंगल

मंगल ग्रहले समस्या निम्ताएको छ भने रातो चन्दनको प्रयोग गर्नुपर्दछ ।

४. बुध

बुध ग्रहबाट तपाईलाई समस्या भएको छ भने चम्पाको फूलको सुगन्ध प्रयोग गर्दा राम्रो हुन्छ ।

५. वृहस्पति

वृहस्पतिका कारण तपाईलाई समस्या आएका छन् भने तपाईले केसर तथा पहेँलो फूलको सुगन्ध प्रयोग गर्नुपर्दछ ।

६. शुक्र

शुक्रका कारण तपाईलाई समस्या आएका छन् भने श्वेत चन्दन, र कपूरको सुगन्धको प्रयोग गर्नुहोस् ।

७. शनी

शनीका कारण समस्या परेको भए तपाईले कस्तुरीको सुगन्ध प्रयोग गर्दा राम्रो हुन्छ ।

८. राहु र ९. केतु छाया ग्रह

कालो गाईको घ्यु तथा कस्तुरीको सुगन्ध प्रयोग गर्दा तपाईलाई समस्याबाट मुक्ति मिल्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?