कुन वार जन्मिने मानिसको स्वभाव कस्तो हुन्छ ?

काठमाडौं । मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

वैदिक सनातन धर्म अनुसार पनि मानिसको साल,महिना,गते,जन्म समय,तिथी,बार,योग,करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ ।

मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मवार बाट थाहा पाउन सकिने कुरा ज्योतिष विज्ञानले मान्दछ । यसर्थ जन्मवार अनुसार मानिसको स्वभाव कस्तो हुन्छ भनेर यहाँ उल्लेख गरिएको छ ।

आइतवार

१. आइतवार जन्मेका व्यक्ति सकारात्मक सोच तथा प्रशस्त कन्फिडेन्ट पावरका मालिक हुन्छन् । आफन्त तथा साथीभाईसँग राम्रो सम्बन्ध स्थापित गर्दछन् ।

२. यो वार जन्मिएका मानिस निकै संवेदनशील हुने भएका कारण गोप्यतामा निकै सजक हुन्छन् अर्थात् आफ्नो वा अरुको कुरा हतपत अरुलाई खुलाउँदैनन् ।

३. आईतवार सूर्यको वार भएको कारणले राजनीति,लेखन अथवा वकालतको क्षेत्रमा लागेका हुन्छन् र चिन्तन शक्ति निकै धेरै हुन्छ ।

४. आइतवार जन्मिएका मानिस सहयोग गर्न सधैँ तत्पर त हुन्छन् तर पनि उनीहरु चाडैँ रिसाउने तथा घमण्डी स्वभावका हुन्छन् ।

५. आइतवार जम्मिएका मानिस धनवान हुन्छन् ।

६. आइतवार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।

सोमवार

१. सोमवार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ निकै चञ्चल स्वभावका हुन्छन् । उनीहरु मृदुभाषी हुन्छन् तर पनि उनीहरु मुढी स्वभावका हुन्छन् ।

२. योवार जन्मिएका मानिस संवेदनशील हुन्छन् तर, चाडैँ नर्भस पनि हुन्छन् ।

३. सोमवार चन्द्रमाको वार भएको र चन्द्रमा मनको कारक भएको कारणले जीवनका अस्थिरता वा उतारचडाव आईरहन्छ । यो वार जन्मिएका मानिस पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्न सफल हुन्छन् ।

४. सोमवार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

५. सोमवार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।

६. यो वार जन्मिएका मानिस सौन्दर्यमा निकै ध्यान दिन्छन् । सुन्दरताले धेरै जसोलाई आकर्षित पनि गरेको हुन्छ ।

मंगलवार

१. मंगलबार मंगल ग्रहको बार भएको कारणले यस दिन जन्मने व्यक्तिहरु निकै बहादुर, स्मार्ट, एक्टिभ,सहयोगी,घमण्डी र गम्भीर हुन्छन् ।

२. आँटी,शाहसी र पराक्रमी भएको कारणले फौजी क्षेत्रमा आफूलाई स्थापित गर्दछन् ।

३. मंगलवार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।

४. उनीहरुलाई विलासिताको जीवन बाच्न मनपर्ने हुँदा यी व्यक्ति हरुसँग निकै धेरै लुगा,गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

५. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुतामा नै सफलता हासिल गर्ने गर्दछन् ।

६. घरजग्गा,भौतिक सम्पत्ती तथा प्राकृतिक स्रोत साधनको उपयोग मार्फत आफूलाई अब्बल सावित गर्दछन् ।

बुधवार

१. बुधवार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।

२. बुधवार बुधग्रहको वार भएको र बुध विद्या र वुद्धिको कारक भएको कारणले वौद्धिक उपव्यवसायमा आफूलाई स्थापित गर्दछन् भने तार्किक पनि हुन्छन् । योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् ।

३. यो वार जन्मिएका मानिस सफा,स्वच्छ विचारधारा, विश्वासिला र सन्तुष्ट स्वभावका हुन्छन् ।

४. बुधवार जन्मिएका मानिस नयाँ–नयाँ कुराहरु जान्न निकै उत्सुक हुन्छन् जसको कारणले,विज्ञान,गणित तथा व्यवस्थापनमा रुची राख्दछन् ।

५. बुधवार जन्मिएका व्यक्ति अरुलाई धोका नदिने र आफूपनि धोका नपचाउने खालका हुन्छन् ।

६. सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने स्वभाव,हतपत नरिसाउने तर रिसाएमा फर्किन समय लाग्ने स्वभाव यो वार जन्मिएको मानिसमा पाइन्छ ।

बिहीवार

१. बिहीवार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।

२. बिहीवार बृहस्पतीको बार भएको कारणले यो वार जन्मिएका मानिसहरु आदर्श तथा नीतिवान हुन्छन् ।

३. बिहीवार जन्मिएका मानिसहरुमा नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण न्याय,राजनीति ताथ समाजसेवामा काम गर्दछन् ।

४. यो वार जन्मिएका मानिसहरु मिहेनति हुन्छन् जसको कारण शिक्षा क्षेत्र,बैंक तथा वित्तिय क्षेत्रमा तथा वौद्धिक पेशा व्यवसायमा आफूलाई शानदार तरिकाले स्थापित गराउँदछन् ।

५. बिहीवार जन्मिएका मानिसका धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।

६. बिहीवार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।

शुक्रवार

१. शुक्रवार जन्मेका व्यक्तिको मन,दिमाग र शरीर निकै राम्रो हुने गर्दछ ।

२. शुक्रवार शुक्र ग्रहको वार भएको कारणले यिनीहरु रचनात्मक क्षेध जस्तै–लेखन,संगीत,फिल्मी क्षेत्र, मिडिया,खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।

३. यिनीहरु मलिन स्वरले बोल्ने र मिठो मुस्कानका धनी हुने गर्दछन् ।

४. यिनीहरु आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।

५. शुक्रवार जन्मिएका मानिसको साथी धेरै भएपनि असल साथी कम हुने गर्दछन् ।

६. शुक्रवार जन्मिएकाहरुको सम्पत्ती अधिक हुने गरेपनि वचत कम हुन्छ । यिनीहरु खर्चालु स्वभावका हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध धेरै जनासँग हुन्छन् ।

शनिवार

१. शनिवार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । मेधावी, वुद्धिमानी स्वभावका हुन्छन् ।

२. यो वार जन्मिएका मानिस हाइ प्रोफाइलका समान मन पराउने स्वभावका हुन्छन् । उनीहरुको संगत पनि हाइ प्रोफाइलका व्यक्तिसँग हुने गर्दछ ।

३. शनिवार जन्मिएका मानिसहरु काममा निपूर्ण हुन्छन् । यिनीहरको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यिनीहरु आफ्नो पार्टनरलाई निकै केयर गर्छन् । शनिवार जन्मिएका मानिस सफल हुन्छन् ।

४. शनिवार जन्मिएका मानिसहरु खर्चालु हुन्छन् । यिनीहरु विलासी जिवन मनपराउने खालका हुन्छन् ।

५. शनिवार जन्मिएका व्यक्तिहरु गित संगितमा बढी रुचि राख्ने हुन्छन् ।

६. आफ्नो दैनिक काममा निपूर्ण हुने गरेरै होला शनिवार जन्मिएका मानिसहरु अलि जिद्धी स्वभावका हुन्छन् । आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्दछन् ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?