महापण्डित रावणद्वारा रचित १३ अद्भूत ग्रन्थ !

काठमाडौं । रावण एक राजा मात्र नभएर एक प्रख्यात पण्डित, तथा विद्वान व्यक्ति थिए । साथै उनी ज्योतिषी, वास्तुविज्ञ तथा विज्ञान सम्बन्धिका पनि ज्ञाता थिए भन्ने गरिन्छ ।

वाल्मीकि रामायणका अनुसार रामको गाथा रावणसँग जोडिएको छ । आज हामी तपाईलाई रावणले रचना गरेका १३ ग्रन्थहरुको बारेमा जानकारी दिदैछौँ ।

१. शिव ताण्डव स्तोत्र

रावणले आफ्ना आराध्य देव महादेवको स्तुतिको लागि शिव ताण्डव स्तोत्रको रचना गरेका थिए ।

२. रावण संहिता

रावण संहितामा रावणको जीवन तथा ज्योतिष सम्बन्धी मत्वपूर्ण जानकारीको भण्डार छ ।

३. दश शतकात्मक अर्कप्रकाश

रावणद्वारा रचित यो ग्रन्थ चिकित्सा तथा तन्त्रको क्षेत्रमा चर्चित ग्रन्थ हो ।

४. दश पटलात्मक

यो ग्रन्थ पनि चिकित्सा तथा तन्त्रको क्षेत्रमै प्रख्यात ग्रन्थ हो ।

५. उड्डीशतन्त्र

यो ग्रन्थ पनि चिकित्सा तथा तन्त्रको क्षेत्रमै प्रख्यात छ ।

६. कुमारतन्त्र

यो ग्रन्थ पनि चिकित्सा र तन्त्र क्षेत्रमै प्रख्यात ग्रन्थ हो ।

७. नाडी परीक्षा

यो ग्रन्थ पनि चिकित्सा र तन्त्र क्षेत्रमा प्रचलित ग्रन्थ हो ।

८. अरुण संहिता

९. अंक प्रकाश

१०. इन्द्रजाल

११. प्राकृत कामधेनु

१२. प्राकृत लंकेश्वर

१३. रावणीयम

यी ग्रन्थहरु पनि महापण्डित रावणले नै रचना गरेको ग्रन्थ मानिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?