भारतको विभिन्न राज्यमा वर्डफ्लूको संक्रमण

दिल्ली । भारतको केरला, हिमाञ्चल प्रदेश र राजस्थान लगायतका विभिन्न राज्यमा वर्डफ्लू भेटिएको छ । मध्य प्रदेशमा कागमा यसको पुष्टि भइसकेको छ भने गुजरात र महाराष्ट्रमा पनि वर्डफ्लू फैलिएको आशंका गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

हिमाञ्चल प्रदेशमा मात्रै सोमबारसम्म २४ सय भन्दा धेरै पन्छी बर्डफ्लुका कारण मरेका जनाइएको छ । त्यहाँको १० किलोमिटरसम्म सतर्कता अपनाउन अपील गरिनुका साथै माछा खरिद विक्रीमा समेत रोक लगाइएको छ ।

बर्ड फ्लु देखिएका राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्न र बिक्री वितरणमा रोक लगाइएको त्यहाँका सरकारी अधिकारीहरुलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?