केयूको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)मा उपकुलपति पदमा नियुक्त हुन इच्छुक व्यक्तिसँग दरखास्त आह्वान गरिएको छ । उपकूलपति रामकण्ठ मकाजुको लगातार दोस्रो कार्यकाल आउँदो माघ पहिलो साता सकिँने भएकाले सो पदका लागि शिक्षा मन्त्रालयले दरखास्त आह्वान गरेको हो ।

केयूको उपकुलपति हुन योग्यता पुग्ने इच्छुक व्यक्तिले पुस २७ गतेभित्र सिफारिस समितिका अध्यक्ष एवम् शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको इमेलमा व्यक्तिगत विवरण पठाउनुपर्ने मन्त्रालयको सुचनामा उल्लेख छ ।

दुई कार्यकाल सञ्चालन गरेका वर्तमान उपकुलपति माकाजु पुनः तेस्रो कार्यकालका लागि उपकुलपति नियुक्त हुने दाउमा छन् । तर पहिलो कार्यकालमा नियमविपरीत मेडिकल कलेजलाई सम्बन्धन दिएको, दोस्रो कार्यकालमा विश्वविद्यालयको रकम अपचलन गरेको, शंकास्पद विदेशी संस्थासँग सम्झौता गरेको लगायतका आरोप लागेकाले उनलाई अब फेरि उपकुलपति बनाउन नहुने भन्दै प्राध्यापक तथा कर्मचारीहरुले विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?