कैँचीले घोपेर बालाजुमा एकजनाको हत्या

काठमाडौं । बालाजुस्थित बाईपासमा कपडा काट्ने कैंचीले घोपेर एक जनाले आफ्नै सहकर्मीको हत्या गरेका छन् । सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका कलाम मियाँलाई मंगलबार राति उनकै सहकर्मी बिहारकै सुवोध शर्माले कैंचीले घोपेर हत्या गरेको प्रहरीले जनाएको छ।

मियाँको उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगंजमा निधन भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न आरोपी शर्मालाई फर्पिङबाट पक्राउ गरिएको छ। पहिलेकै रिसिवीको कारणले गर्दा सुवोधले मियाँलाई आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?