हावाको गति बढेपछि वायु प्रदूषण कम हुने सम्भावना, कहाँको मौसम कस्तो ?

काठमाडौं । केही दिनदेखि अत्याधिक बढेको काठमाडौं उपत्यकासहित अन्य शहरी क्षेत्रको वायु प्रदूषणमा कमी आउने क्रम शुरु भएको छ । बादल हटेर आकाश केही खुलेसँगै काठमाडौं लगायतका स्थानमा प्रदुषण घट्न थालेको मौसमविदहरुले बताएका छन् ।

हिजो र अस्तिको तुलनामा प्रदुषण कम भए पनि जाडोमा धेरै हावा नचल्ने र पानी पनि नपर्ने भएकाले प्रदुषण पुरै नहट्ने विज्ञको भनाइ छ ।

बुधवार सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का पानी पर्ने पूर्वानुमान गरिएको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली हुनेछ भने बाँकी प्रदेशमा घाम लाग्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी आज राति पहाडी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । एक(दुई ठाउँमा फाट्टफुट्ट पानी पनि पर्न सक्नेछ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबारदेखि भने मौसम विस्तारै खुल्दै जानेछ । बिहीबार दिउँसो पहाडी भेगमा घाम लाग्दै बादल लागेपनि अरु भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?