पीएसएलको ड्राफ्टमा सन्दिप, सर्वाधिक महंगो श्रेणीमा नाम

काठमाडौं । नेपाली लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन् । यसपटक सन्दिपको नाम प्लाटिनम वर्गमा परेको छ ।

पिएसएलको ड्राफ्टमा खेलाडीलाई ५ क्याटगोरीमा राख्ने गरिन्छ । प्लेटिनम सर्वाधिक महँगो क्याटेगेरी हो । यो वर्गमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान जस्ता उत्कृष्ट क्रिकेटरहरु छन् ।

प्लेटीनम श्रेणीमा ड्राफ्ट गरिएका खेलाडीहरुलाई कुनै टिमले १ लाख १७ हजार अमेरीकी डलरदेखि २ लाख १८ हजार अमेरीकी डलर सम्म खरिद गर्न सक्ने छन् । पीसीबीले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दिपसहित पाकिस्तान र विदेशी गरी कुल ३ सय खेलाडीहरु सामेल गरिएको छ ।

खेलाडीहरुको लिलामी जनवरी ९ मा हुनेछ । सन् २०१८ मा सन्दीपले लाहोर कलन्दर्सबाट खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?