काठमाडौं । मौसममा केहीदिनदेखि आएको परिवर्तनका कारण वायु प्रदूषण बढेपछि केही दिन मर्निङ वाक नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै अति आवश्यक नपरी घरबाहिर ननिस्कन आग्रह गरेका हुन् ।
केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको छ । यसले श्वासप्रश्वासमा कठिनाईलगायत विविध स्वास्थ्य समस्याहरु देखा पर्दछ,” उनले भनेका छन्, “ वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्नसक्ने प्रभावहरुलाई मध्यनगर गरी नेपाल सरकारले मापदण्डहरु तोक्न सक्ने व्यवस्था जनस्वास्थ्य सेवा ऐन २०७५को दफा ४० मा गरिएको छ । उक्त व्यवस्थाअनुसार मापदण्डहरु तोकी नसकिएको र हालको वायु प्रदुषणको अवस्थालाई मध्यनजर गरी आकस्मिकरुपमा निम्नअनुसारका काम गर्नुहुन सरोकारवाला सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ ।”
फोहोर जलाउने काम बन्द गर्न र अत्यावश्यक परी घर बाहिर निस्कनै पर्ने अवस्था आएमा मास्कको अनिवार्य प्रयोग गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया