नेपाली सेनाले थाल्यो ‘एकीकरण पदयात्रा’

काठमाडौँ– सेनाले आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।

जसअनुसार तत्कालीन गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्ग भएर ‘एकीकरण पदयात्रा गर्न लागिएको छ । सेनाका अनुसार गोरखादेखि धादिङ्ग, नुवाकोट हुँदै काठमाडौं जङ्गी अड्डासम्म सञ्चालन हुने ‘एकीकरण पदयात्रा’ को मंगलबार गोरखा दरबारबाट शुभारम्भ भएको छ ।

विभिन्न स्थानहरुमा साँस्कृतिक कार्यक्रम, अन्तर्क्रिया तथा प्रवचनको कार्यक्रमहरु समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालिन सैनिक पोशाकमा सोही समयमा खडा भएका नेपालका पहिला ५ वटा युनिटहरुको निशान झन्डा संलग्न रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?