दाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ– दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कुटरलाई दिउँसो ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका नारायणपुरकै ६८ वर्षीय टोपेन्द्र पोख्रेलको मृत्यु भको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पोख्रेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

लमहीबाट तुलसीपुर जाँदै गरेको एम्बुलेन्सले पोख्रेललाई घर नजिकै सडकमा ठक्कर दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?