३० जना एसपीको सरुवा, प्रधानमन्त्री ओलीका पूर्व पीएसओलाई झापाको जिम्मेवारी

काठमाडौँ– नेपाल प्रहरीका ३० जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।

सरुवाका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व पीएसओ सानुराम भट्टराईले झापाको सुरक्षा कमाण्ड सम्हाल्ने जिम्मेवारी दिइएको छ ।

२०७५ साल जेठमा एसपीमा बढुवा हुनुअघि भट्टराई प्रधानमन्त्री ओलीको पीएसओ थिए। प्रधानमन्त्रीको पीएसओ रहेकै बेला उनी आफ्ना ब्याचीमध्ये चौथो नम्बरमा रहेर एसपी बढुवा भएका थिए।

प्रहरी प्रधान कार्यालयले आभुषण तिम्सिनालाई सिन्धुली, उमाप्रसाद चतुर्वेदीलाई कन्चनपुर, दीपेन्द्र शाहीलाई बारा, बेलबहादुर पाण्डेलाई पर्सा, भूपेन्द्रबहादुर खत्रीलाई काभ्रपलान्चोक, लोकेन्द्र श्रेष्ठलाई बाग्लुङ, सोमेन्द्रसिंह राठोरलाई मकवानपुर र महेन्द्र खड्कालाई धादिङ जिल्लाको नेतृत्व दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?