“नेकपा असफल भयो”- महन्थ ठाकुर

लोकपथ
0
Shares

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) असफल भएको बताएका छन् ।

मंगलबार जनता समाजवादी पार्टी, नेपालले गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ठुलो बहुमत हुँदाहुँदै पनि राजनीतिक स्थिरता दिन नसकेकोले नेकपा र नेकपाको सरकार नै असफल भएको बताएका हुन् । सत्ताधारीहरुले आफ्नो अधिकार सुरक्षित राख्नको निम्ति मात्रै कदम उठाउने गरेको भन्दै ठाकुरले सरकारले अहिले चालेको असंवैधानिक कदम पनि आफुलाई सुरक्षित राख्न गरिएको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा विघटन गरेर संविधानलाई नै मरेतुल्य तुल्याएको टिप्पणी गरे ।  सरकारले फेरि पनि यस्ता स्वेच्छाचारी कदम चाल्ने हुन कि भन्ने डर सिर्जना गरिदिएको उनको भनाई छ । असंवैधानिक कदमका विरुद्ध राजनीतिक शक्तिको ध्रुविकरणको आवश्यकता रहेको उनले बताए । गैर संवैधानिक हिसाबले चालेको कदमले संसदको विघटन हुन नसक्ने भन्दै उनले संसदको काम कारबाहीको जिम्मेवारी सभामुखको काँधमा रहेको बताए।

जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्ध विभिन्न विरोधका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?