२०७७, २१ पुष मंगलवार १७:२५

कुनै नेताको महत्वाकांक्षामा ठेस लाग्यो भने प्रतिनिधि सभा माथि रिस पोख्ने ? : रामचन्द्र पौडेल


प्रकाशित मिति : २०७७, २१ पुष मंगलवार १७:२५

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज (मंगलवार) जनता समाजवादी पार्टी, नेपालले आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषय अन्तर्क्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले सार्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । कुनै कानूनी तथा संम्बैधानिक आधार बिना नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरेकाले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै व्याख्या गरेर प्रतिनिधि सभालाई पुर्नस्थापना गर्ने विश्वास रहेको बताए ।

वरिष्ठ नेता पौडेलले कुनै नेताको महत्वाकांक्षामा ठेस लाग्यो भने पनि प्रतिनिधि सभा माथि रिस पोख्ने तथा प्रतिनिधि सभालाई खेलौना बनाउने प्रवृतिको अन्त्य गर्न संसदीय प्रणालीलाई सुधार गर्दै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको पनि बताए । संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै यसका निम्ति आफुहरु अदालतमा गएर बहस गर्नुपर्छ भनेपनि तयार रहेको बताए ।

उनले प्रतिनिधि सभा विघटनको कदमका विरुद्ध नेपाली कांग्रेस देशभर आन्दोलनमा होमिएको पनि बताए । देशभरका वडा, पालिका तथा प्रदेश स्तरमा विरोधका कार्यक्रम राखिएको र आवश्यक परे राजधानी केन्द्रीत भएर पनि आउनसक्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस