काठमाडौं । सुनसरीमा छुरा प्रहार गरी लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
छुरा प्रहार गरी लुटपाट गरेको अभियोगमा देवानगन्ज गाउँपालिका-५ घर भई ईनरुवा नगरपालिका-१ बस्ने २२ वर्षीय गजेन्द्र प्रसाद ठाकुर र ईनरुवा नगरपालिका-१ बस्ने सप्तरी महदेवा गाउँपालिका-५ तोपा घर भएका २१ वर्षीय मुकेश मण्डललाई आइतवार प्रहरीले पक्राउ गरेको हो ।
गत शुक्रवार बिहान ईनरुवा नगरपालिका-९ मा अज्ञात २ जना मानिसहरुले सोही नगरपालिका-२ बस्ने अजय पण्डितलाई छुरा प्रहार गरी नगद तथा मोबाइल लुटपाट गरी फरार भएका व्यक्तिहरुको खोजी गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट म्याद गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया