परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै

काठमाडौं । पराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् ।

नेपाल भारतको संयुक्त आयोगको छैँठौ बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली भारत जान लागेका हुन् ।

यसअघि नै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

मन्त्री ज्ञवालीले भ्रमणका क्रममा नेपालभारतबीच देखिएको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ।

डिसेम्बर दोस्रो साता भारत भ्रमणको लागि तयारी गरेपनि नेकपाभित्रको विवाद र संसद विघटनका कारण उक्त तयारी रोकिएको थियो ।

मन्त्री ज्ञवालीको भ्रमण जनवरी दोस्रो सातासम्म हुने गरी दुवै देशको तयारी भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?