मेयर बेञ्जुको टिप्पणी : ‘निर्वाचनपछि प्रचण्ड-नेपाल समूह चौँथो पार्टी बन्छ’ !

काठमाडौं । धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुले जनताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको दाबी गरेका छन् ।

नेकपाको प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्न बाध्य बनाएको र निर्वाचनपछि उक्त समूह चौँथो पार्टी हुने समेत टिप्पणी गरे ।

नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका ब्याञ्जुले प्रचण्ड नेपाल समूहले घर झगडाको स्थिती पैदा गरेकाले पार्टी विभाजनको स्थितीमा पुगेको बताए ।

प्रचण्ड नेपाल समूहले सरकारको काममा ध्यान नदिएर आफू प्रधानमन्त्री बन्ने प्रवृतिले पार्टी फुटको अवस्था आएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?