न्यायलय र न्यायमुर्तिहरूबाट संसद पुनस्थापनाको आशा छ : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनस्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

मंगलवार जनता समाजवादी पार्टी (जसपा) ले काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले न्यायालय र न्यायमुर्तीहपरुबाट संसद पुनस्र्थाना हुने आशा रहेको बताएका हुन् । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक र असंवैधानिक रहेको बताउँदै संविधानको अक्षर र भावनालाई ध्यान दिएर फैसला हुनुपर्नेमा जोड दिए ।

‘अब न्यायलय र न्यायमुर्तिहरूबाट संसद पुनर्स्थापना हुन्छ भने आशा छ । ‘संविधानको अक्षर र भावना ध्यान दिएर फैसला हुनुपर्छ।’उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

कांग्रेसभित्र संसद विघटनविरुद्ध सर्वोच्चमा रिट परेको र त्यसबारे बोल्ने वा नबोल्ने भन्नेमा अन्यौतलता देखिएको छ । नेता पौडेलले संसद विघटन विरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने मत राख्दै आएका छन् । भने सभापति शेरबहादुर देउवा अदालतमा मुद्धा रहेकाले त्यसबारे अदालतको निर्णयपछि धारणा बनाउने बताउँदै आएका छन् ।

त्यसै विषयमा बोल्दै आफूहरू मुद्दाको एक पक्ष भएकोले वकालत र जिकीर गर्न पाउने भएकोले बोल्न मिल्ने तर्क गरेका छन्।

प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तरिकाले संसद विघटन गरिएको नेता पौडेलको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?