इबोला भाइरस पत्ता लगाएका वैज्ञानिकको चेतावनी- ‘विश्वमा अब नयाँ भाइरस ‘डिजीज एक्स’ फैलिने खतरा’

appharu
0
Shares

काठमाडौं । सारा विश्व अहिले कोरोना भाइरससँग लडिरहेको छ । यसैबीच एक नयाँ भाइरस फैलिन सक्ने चेतावनी वैज्ञानिकले दिएका छन् । नयाँ भाइरसको नाम ‘डिजीज एक्स’ रहेको छ । अफ्रीकी भाइरस इबोलाको खोजी गरेका डाक्टर जीन ज्याक्स मुएम्ब तामफामले यो चेतावनी दिएका हुन् । उनका अनुसार यो भाइरस धेरै घातक छ । कोरोनाको तुलनामा यो तीव्र गतिले फैलिन्छ र इबोला भन्दा पनि डरलाग्दो छ ।

An Unknown 'Disease X' Could Become an Epidemic. Can We Find It Before It's Too Late? | Live Science

मृत्युको खतरा ५० देखि ९० प्रतिशत बढी 

इबोलाको तुलनामा डिजीज एक्सबाट मर्नेहरुको संख्या ५० प्रतिशतदेखि ९० प्रतिशतसम्म हुन सक्नेछ । एक अमेरिकी टिभी शोमा उनले भने, ‘आज हामी यस्तो संसारमा छौँ, जहाँ नयाँ भाइरस बाहिर आउनेछन्, यो भाइरस मानवताको लागि खतरा बन्न सक्छ, भविष्यमा आउने महामारी कोरोना भाइरसभन्दा धेरै खतरनाक र बिध्वंस मच्चाउने किसिमका रहनेछन् ।’

Disease X may follow the COVID pandemic, warn scientists

कंगोकी महिलामा देखियो डिजीज एक्सको लक्षण

कंगोकी एक महिलामा खोक्दा रगत निस्किनुका साथै खोकी र ज्वरोको लक्षण देखा परेको छ । उनको इबोला परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । डाक्टरहरु उनी नै डिजीज एक्सको पहिलो बिरामी हुन सक्ने बताइरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार वैज्ञानिकहरुको परिकल्पना मात्रै भएको बताउँछ । तर यदि यो आएमा सारा विश्वमा बिध्वंश मच्चाउने डब्ल्यूएचओले बताएको छ ।

Disease X - Wikipedia

को हुन् डाक्टर तामफाम ?

डाक्टर तामफाम १९७६ मा इबोला भाइरस पत्ता लगाउनमा महत्वपूर्ण भूमिका निभाएका वैज्ञानिक हुन् । इबोला भाइरस जब पहिलो पटक पत्ता लाग्यो तब, कंगोको यामबूकू मिशन अस्पतालमा ८८ प्रतिशत बिरामी र ८० प्रतिशत कर्मचारीको निधन भएको थियो ।

Doctor who helped discover Ebola warns of new fatal infection called 'Disease X'- Technology News, Firstpost

हरेक वर्ष भाइरसका ३ देखि ४ नयाँ प्रजाती आइरहेका छन्

एडिनवर्ग यूनिभर्सिटीमा इन्फेक्शियस डिसीज एपिडेमियोलोजीका प्रो मार्क वूलहाउस भन्छन्, हरेक वर्ष ३ देखि ४ वटासम्म नयाँ भाइरसका प्रजाती बाहिर आएका छन् । यसमा धेरैजसो भाइरस जनावरमा पाइन्छन् । यी भाइरसले जनावरबाट मानिसमा संक्रमण सार्ने काम गर्दछन् । जस्तै ‘इबोला’ र ‘कोभिड-१९’ । जब यिनलाई काटिन्छ वा भोजनको रुपमा लिइन्छ, तब भाइरस मानिसमा सर्न थाल्छ । पशु बजार ‘डिजीज एक्स’को सबैभन्दा ठूलो खतरा साबित हुन सक्छ । यो भाइरस कुनै पनि जनावरमा रहन सक्छ । बितेका केहि वर्षमा पशु बजारबाट ‘एभियन फ्लू’ र ‘सार्स’ जस्ता भाइरस फैलिएको कनेक्शन खोजिएको थियो ।

जनावरको घर भत्काउनु नै मानिसमा भाइरस पुग्नुको खतरा !

डाक्टर तामफाम भन्छन्, ‘भविष्यमा यस्ता रोग बढ्नेछन्,जो जनावरबाट मानिसमा सर्नेछन् । ‘यलो फीभर’, ‘इन्फ्लूएन्जा’,’रेबीज’, ‘लाइम डिजीज ‘को उदाहरण साम्ने छ । यी रोग मानिसमा जनावरबाटै सरेका हुन् । एक्सपर्ट भन्छन्, ‘विश्वभरमा भाइरसको संख्या बढ्नुको कारण जनावरको घर भत्काउनु रहेको छ, साथै जंगल मास्नु र जनावरको तस्करी गर्नु पनि ।’

जनावर बस्ने स्थान भत्काइदिनाले जनावरको कमी हुन थाल्यो । मुसा, चमेरा जस्ता जीव मात्रै जीवित रहे । यसको माध्यमबाट केहि रोग मानिसमा आइपुगे । कोरोना फैलिने कारण पनि अहिलेसम्म चमेरोलाई नै मानिएको छ ।

‘डिजीज एक्स’ धेरै घातक छ, कोरोनाको तुलनामा यो तीव्र गतिले फैलिन्छ र इबोला भाइरसले भन्दा लिएको भन्दा धेरै जनाको ज्यान लिन सक्छ ।

Hunting for 'Disease X': The doctor who discovered Ebola warns of deadly viruses yet to come

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?