अण्डरवेयरमा लुकाएर लगिएको ३२ लाखको सुन प्रहरीले समात्यो !

काठमाडौं । स्मगलरले पनि तस्करीको लागि यस्तो तरिका अपनाउँछन् कि, हामी त्यसको कल्पना सम्म गर्न सक्दैनौँ । एउटा यस्तै घटना अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

भारतको चेन्नई एयरपोर्टमा कस्टम विभागले अण्डरवेयरमा ३२ लाख मूल्य बराबरको सुन लुकाएर लैजाने क्रममा दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा ति व्यत्तिलाई पुलिसले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

आरोपी दुबै जना जहाबर अली अब्दुल बहाव र थमीम अन्सारी समसुद्दिन चेन्नईको एयर इण्डियाको फ्लाइट्सबाट चेन्नई पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?