माछापोखरीमा डुबेर एक जनाको मृत्यु

काठमाडौं । मोरङमा माछाको पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मोरङको रगेली नगरपालिका-५ आपगाँछी बस्ने ४२ वर्षीय मुन्टु मरन्डीको माछा
पोखरीमा डुबेर सोमवार दिउँसो मृत्यु भएको हो ।

घरबाट करीब ५ मिटर टाढा सोही नगरपालिका-४ चोप्राहा बस्ने सन्तोष मन्डलको माछा पोखरीमा डुबेर उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?