उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने

काठमाडौं । नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन्।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई उदयपुर सिमेन्ट उद्योगको महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले न्यौपानेसहित तीनजनाको ना सिफारिस गरेकोमा न्यौपाने नियुक्त भएका हुन्।

न्यौपाने लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा योगदान पुर्याउँदै आएका छन् । त्यस्तै न्यौपानेमा लामो समय उद्योग व्यापारको क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा अवस्थित उक्त उद्योग जापान सरकारको सहयोगमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?