फिनल्याण्डपछि बुल्गेरियामा फाइजर भ्याक्सिनको साइड इफेक्ट देखियो

काठमाडौं । फिनल्याण्डपछि अब बुल्गेरियामा अमेरिकी कम्पनी फाइजरको कोरोना भ्याक्सिनको साइड इफेक्ट देखिएको छ ।

ड्रग एजेन्सीका एग्जीक्यूटिभ डाइरेक्टर बग्डन किरिलोवले सोमवार त्यहाँका ४ जनामा भ्याक्सिनको साइड इफेक्ट देखिएको बताएका हुन् ।

जसमा साइड इफेक्ट देखियो, उनीहरुमा दुई जनालाई टाउको दुख्ने समस्या र दुई जनालाई शरीरको तापक्रममा वृद्धि भएको बताइएको छ । यो भन्दापहिला फिनल्याण्डमा पनि ५ जनामा कोरोना भ्याक्सिनको साइड इफेक्ट देखिएको थियो ।

विश्व स्वासथ्य संगठन (डब्ल्यूएचओ) ले सारा विश्वका लागि आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?