‘छक्का पञ्जा ३’ युट्युबको एक नम्बर ट्रेन्ड्रिङमा : के भन्छिन् निर्देशक दीपाश्री निरौला ?

काठमाडौं । ‘छक्का पञ्जा ३’ फिल्मले युट्युबमा केही दिनयता एक नम्बर ट्रेन्ड्रिङमा रहन सफल भएको छ । ‘छक्का पञ्जा ३’ २०७५ मा फिल्म हलमा रिलिज भएको थियो ।

एकसाता अघि हाइलाइटस् नेपालको युट्युब च्यानलबाट रिलिज भएको छक्का पञ्जा ३ ले दर्शकहरुको मन जित्न सफल भएको छ । फिल्म मन परेको भन्दै प्रतिक्रिया दिने दर्शकको कमेन्ट बक्समा ओइरो लागेको छ ।

दीपाश्री निरौलाले निर्देशन गरेकी ‘छक्का पञ्जा ३’ मा दीपकराज गिरी, दीपिका प्रसाईं, प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जितु नेपाल, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको स्किृप्ट दीपकराज गिरीले लेखेका हुन् भने सुमन गिरी, शिवहरि पौडेल, किरण केसी र ताराचन्द्र बजगाईंले निर्माण गरेका हुन् ।

‘दर्शकहरुको मायाले गर्दा छक्का पञ्जा ३ ले यो उचाइ पाएको हो ।’ निर्देशन दीपाश्री निरौलाले लोकपथसँग भनिन् । दर्शकहरुको यती धेरै मायाका कारण छक्का पञ्जा ४ का लागि अझ धेरै उर्जा मिलेको उनले बताइन । साथै उनले समपूण दरशकहरुलाई धेरै धेरै धन्यवाद दिएकी छिन् ।

अहिले ‘छक्का पञ्जा ३’ लाई युट्युबमा ८८ लाख ३८ हजार भन्दा बढीले हेरेका छन् । फिल्मले १ लाख ६२ हजार लाइक पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?