चिप्ले भिँडी खानुका फाइदा थाहा छ ? क्यान्सर फैलाउने बिषालु तत्व हटाउँछ !

लोकपथ
0
Shares

काठमाडौं – तपाईको भान्सामा के पाक्यो ? आज पाकेको छैन भने भोलिबाट कहिलेकाहिँ चिप्ले भिँडी पनि पकाउनुहोस् । किनकी बहुगुणी भिँडीको बारेमा हामीमध्ये धेरै अनविज्ञ छौँ ।

सागसब्जीको कुरा गरौं वा फलफूलको, मौसम अनुकूल फलफूल र तरकारी सेवन गर्नु स्वास्थ्यवर्दक हुन्छ ।( OKRA)ओक्रा /लेडी फिङ्गर अर्थात् चिप्ले भिँडीको पकवान अनेक हुनसक्छ ।

A Seed-To-Stem Celebration Of Okra | WUNCयसलाई उसिनेर खान सकिन्छ । यो चिनियाँहरुको शैली हो । यसलाई तरकारीको रूपमा पनि खान सकिन्छ ।Farm Fresh To You - Recipe: Sauteed Okra with Onions and Garlic

यो निकै स्वादिलो तरकारी हो, जुन स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ ।

Easy Baked Okra | COOKTORIA
चिप्ले भिँडीका फाइदा यस्ता छन्  : 

१. एक अध्ययनबाट के थाहा भएको छ भने, चिप्ले भिँडीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सरको बिषालु तत्वलाई हटाउने क्षमता राख्छ । भिँडी क्यान्सरमा फाइदाजनक हुन्छ ।

२. भिँडीमा प्रोटिन, क्याल्सियम, बोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फस्फोरस जस्ता स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल हुन्छ ।

३. भिँडीको प्रयोगले कपाल लामो सामयसम्म कालो र घना हुन्छ । भिँडीलाई स–सना टुक्रामा काटेर कपालमा लगाउन सकिन्छ । यसले कपाललाई मुलायम बनाउँछ ।

४. भिँडीले तौल नियन्त्रण गर्न पनि सघाउँछ । यसले शरीरमा बढ्ने बोसोलाई घटाउँछ, जसको कारण पेटमा अतिरिक्त बोसो लाग्दैन र तौल नियन्त्रण हुन्छ ।

५. हरियो भिँडीमामा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पुर्‍याउँछ । यसले रगतमा हेमोग्लोबिन निर्माण गर्छ, जसले तपाइलाई एनिमियाबाट बचाउँछ । भिँडीमा पाईने भिटामिनले रक्तश्राव रोक्न समेत सहयोग गर्छ ।

६. यसमा रहेको फाइबरले कब्जियतको समस्या हटाउन सहयोग गर्छ ।

७. भिँडीले रगतमा सुगरको मात्रा कम गर्छ । यसले गर्दा मधुमेहका रोगीलाई समेत यसको सेवन उपयोगी हुन्छ।

Health Benefits of Okra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?