मुरादनगर घटनाका मुख्य आरोपी ठेकेदार पक्राउ, अहिलेसम्म २५ जनाको गइसक्यो ज्यान

काठमाडौं । भारतको मुरादनगर घाटमा रहेको बिल्डिङ्ग भत्किँदा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

उक्त घटना आईतवार भएको थियो । आईतवार मलामी गएका मानिस पानी परेपछि ओत लाग्न बिल्डिङ्गमा पस्दा बिल्डिङ्ग भत्किएको थियो ।

जसमा अहिलेसम्म २५ जनाको निधन भएको छ भने २० भन्दा धेरै घाइते भएका छन् । यसैबीच मृत्युका मुख्य आरोपी ठेकेदार अजय त्यागी ३६ घण्टापछि पक्राउ परेका छन् ।

घटनापछि फरार रहेका उनलाई पुलिसले ३६ घण्टापछि पक्राउ गरेको हो । सबै गिरफ्तारी आरोपीलाई कठोर सजाय दिन निर्देश दिइएको छ ।

एउटै गल्लीमा आठ शव : कतै बच्चा रुन्छन् त कतै आमाबुबा, आफन्त भन्छन्-‘पैसा होइन परिवार चाहियो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?