२०७७, २१ पुष मंगलवार ११:५४

चन्द्रागिरि नगरपालिकाले यी क्षेत्रमा हटाउँदैछ तार र पोष्टरहरु (विज्ञप्तिसहित)


प्रकाशित मिति : २०७७, २१ पुष मंगलवार ११:५४

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न ठाउँहरुबाट विजुली, टेलिफोन, इन्टरनेट, केवल तार, पुराना पोल व्यानर तथा पोष्टरहरु हटाउँने भएको छ ।

नगरपालिकाले कलंकी(नागढुंगा (पिपलमोड राजमार्गमा रहेका नगरपालिको अनुमती बेगर राखिएका तार तथा पोस्टरहरु हटाउँन लागिएको जनाएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै व्यानर पम्पलेट, तारहरु लगायतले नगरपालिकाको सौन्दर्यलाई असर पारेको भन्दै एक हप्ताभित्र हटाउँन सम्बन्धित सबैमा आग्रह गरेको छ । साथै नहटाएमा नगरपालिका स्वयमले हटाउँने र त्यसको खर्च सम्बन्धित व्यक्तिले नै भुक्तान गर्नुपर्ने पनि नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस